चिहानले पुकार छ?

चिहानले पुकार छ?
मध्यरातको अंधकारमा,
चुसकि लगौदै समझनामा रूदै,
म र मेरो चिहान्, बिचमा बसेर,
चाँदनीले सजाएकी रात्रि कान्छी।
छुटेकि सितारा, दरिया र बाटो,
सपनीमा पुकार, मनमा बसेकी राग
मध्यरातमा, छुटेको छ सबै………
मध्यरातमा, छुटेको छ सबै………
तर, चिहानले प्रश्न गर्छ,
स्वप्नको छाया कहाँ हरायो?
कतै दरियाको हाहाकारमा,
मुटु बग्दै थियो, अधुरो अभिव्यक्ति जस्तै।
सुनसानले ओढेको यो अनन्त यात्रा,
चन्द्रको शीतल किरणले पनि
उज्यालो पार्न सकेन मनको गहिराइ।
यो रात्रि कान्छी, जुन कहिल्यै
फक्रिदैन, उसको मौन हाँसोले
मलाई पनि अविरल बोलाउँछ
कहाँ गए तिम्रा ती सपनाहरू?
चिहानको यो पुकार
निरन्तर गुञ्जिरहेछ, मनको गहिराइमा,
सम्झनाका धागाहरूले बाँधिएको
मेरो यो चीर फाटेको जीवन।
कतै ती सिताराहरूले
फेरि मलाई देख्न सक्छन् कि?
या तिनीहरू पनि ओझेलमा परे,
यो वियोगको पर्दा पछाडि?
मध्यरातमा टुटेका रागहरू,
जुन कुनै तरङ्गमा उत्रिएनन्,
सपना छुटे पनि सम्झनाले बाँधिरहेछ।
अनि यो पुकार
जीवन र मृत्युको बीचमा अड्किएको
एक मौन संवाद।
तर, अन्तिम सत्य यत्ति छ:
न चिहानले जवाफ दिनेछ, न सपनाहरू फर्किनेछन्।
मात्र बुझेको छ यो क्षण
कि समयको चक्रमा,
मध्यरात कहिल्यै उज्यालो हुन्न।
चिहान मौन छ, तर पुकार कहिल्यै थाम्दैन।