काग्

काग्
रुदै भागेकी चाँदनीको चिरिएको गीत,
पुछिएको सिऊदोको टुट्दो व्रत,
अस्ताउँदो क्षितिजमा कागको प्रलय दृष्टि।
आकाशले उघार्यो रातको वीर्य,
शिखामा बलिरहेछ दाहको राग,
रुदै भागेकी चाँदनीको चिरिएको गीत।
भैरवको नृत्यमा झल्किँदैछ रक्तसारी,
छायाँमा सूर्यको अभिशप्त यज्ञ,
अस्ताउँदो क्षितिजमा कागको प्रलय दृष्टि।
गुलाबी फुल्को वेदनामा मुस्कान झरे,
नवजात कोपिलाले आँसु पिए,
रुदै भागेकी चाँदनीको चिरिएको गीत।
सिनामा उर्लिरहेछ अनन्तको नृत्य,
रातको कालो कवचमा समय खसी रह्यो,
अस्ताउँदो क्षितिजमा कागको प्रलय दृष्टि,
रुदै भागेकी चाँदनीको चिरिएको गीत।