काग् | The Crow
काग्
रुदै भागेकी चाँदनी चिसिएको गीत,
पुछिएको सिऊदोको टुट्दो व्रत,
अस्ताउँदो क्षितिजमा कागको प्रलय दृष्टि।
आकाशले उघार्यो रातको वीर्य,
शिखामा बलिरहेछ दाहको राग,
रुदै भागेकी चाँदनी चिसिएको गीत।
भैरवको नृत्यमा झल्किँदैछ रक्तसारी,
छायाँमा सूर्यको अभिशप्त यज्ञ,
अस्ताउँदो क्षितिजमा कागको प्रलय दृष्टि।
गुलाबी फुल्को वेदनामा मुस्कान झरे,
नवजात कोपिलाले आँसु पिए,
रुदै भागेकी चाँदनी चिसिएको गीत।
सिनामा उर्लिरहेछ अनन्तको नृत्य,
रातको कालो कवचमा समय खसी रह्यो,
अस्ताउँदो क्षितिजमा कागको प्रलय दृष्टि,
रुदै भागेकी चाँदनी चिसिएको गीत।
काग् | The Crow
Writer Reflection
Poem Description
Writer Introduction
Subscribe to my Blog
Get the latest articles and insights delivered straight to your inbox. No spam, just quality content.
Recommended for you
चिहानले पुकार छ? | Does the Grave Call?
A profound Nepali poem exploring themes of mortality, memory, and the silent dialogues that occur between life and death.
Read Articleअन्धकारको यात्री | Traveler of Darkness
A profound Nepali poem exploring life's journeys through themes of love, self-discovery, and spiritual awakening.
Read Articleसपनाको क्यानभास | Canvas of Dreams
शंकर अर्याल द्वारा लिखित विलानेल संरचनाको नेपाली कविता 'सपनाको क्यानभास' - जीवन, मृत्यु र सपनाहरूको गहन चित्रण।
Read Article